लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

राजनीति

जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

मन्त्रालयमा बुधबार आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले  लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको फ्लोअप गर्ने प्रणाली विकास गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको नियमित अनुगमन गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा बुधबार आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले  लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको फ्लोअप गर्ने प्रणाली विकास गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । 
 
'मैले एउटा एकदम ठूलो ग्याप के पाएभन्दा विभागको जिम्मेवारी लाइसेन्स दिनेसम्म मात्र रहेछ, लाइसेन्स लिएर त्यसपछि के गर्या छ ? कम्युनिटी सपोर्ट प्रोग्राम गर्या छ कि छैन ? सीएसआरहरु गर्या छ कि छैन ? कम्प्लायन्सहरु पालना गर्या छ कि छैन ? किनकि लाइसेन्स दिनेले त त्यो रेस्पोन्सिबिलिटी पनि क्यारी त गर्नु पर्यो,' मन्त्री श्रेष्ठले भन्नुभयो ।

मन्त्री श्रेष्ठले पहिला स्रोतहरु वा प्रणाली नभए पनि अब बनाउनुपर्ने बताए । यसलाई विद्युत नियमन आयोग सक्रिय हुनुपर्ने उनको भनाइ थियो । 'त्यो भनेको बरु इआरसीसहित एक्टिभ भएर गर्ने हो । किनभन्दा विभागमा आउनुपर्ने गुनासो पनि मन्त्रालयमा आइराछ र त्यसैले हामीले प्रणाली सक्रिय गर्नुपर्नेछ,' उहाँले भन्नुभयो । मन्त्री श्रेष्ठले मन्त्रालयका सचिव डा. जगदिश्वर कर्माचार्यलाई विद्युत नियमन आयोगमार्फत नियमित अनुगमनको प्रणाली विकास गर्न निर्देशन दिनुभयो ।  

टिप्पणी फाइलहरुमा पर्याप्त कानुनी आधारहरु राख्न निर्देशन
मन्त्री श्रेष्ठले मन्त्रालय मातहत निकायबाट आउने टिप्पणी फाइलहरुमा पर्याप्त कानुनी आधारहरु नहुने गरेको भन्दै ध्यान दिन पनि निर्देशन दिनुभयो । 'मलाई एउटा दुख लागेको कुरा मन्त्रालयमा टिप्पणीहरु उठ्दा, निर्णयहरु आउँदा कानुनी आधारहरु नै पर्याप्त हुँदैन । के गर्ने भन्ने कुराको एउटा कार्यकारी हिसाबले हामीले यो जिम्मेवारी बहन गर्दै गर्दा खेरि त्यो गर्ने कि नगर्ने भन्ने कुराको मार्गदर्शन नै मलाई पर्याप्त भइराखेको छ। 

यसमा मेरो अनुरोध केभन्दा त्यो स्पष्ट हुनुपर्यो । अब १२ वर्ष अगाडि देखिको फाइल आउँछ, चार वर्षदेखि अगाडिको आउँछ । त्यसको विषयको गम्भीरता मैले बुझेको हुँदैन । त्यसमा गर्ने के हो, कतिखेरको घटनाक्रम, के हो, किन भएको, किन गर्ने, किन नगर्ने? यस्ता आधार त हुनुपर्यो नि,' उहाँले भन्नुभयो ।

अबदेखि टिप्पणी उठाउँदा छरितो हिसाबले गर्न निर्देशन दिनुभयो । सरकारले छरितो प्रक्रियाका लागि नीति पनि ल्याएको उल्लेख मन्त्री श्रेष्ठले तीनटा भन्दा बढी वाला टिप्पणी नल्याउन निर्देशन दिनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
honda
Advertisement Ad ends in 15s
Bisup