लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी

राजनीति

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी

स्वास्थ्य अनुसन्धान,चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा.जोशीसँग परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभव पनि छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त हुनुभएको छ। उहाँले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वस्थ्य अनुसन्धान,चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा.जोशीसँग परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभव पनि छ।

डा.जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गर्नुभएको छ। उहाँले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गर्नुभएको छ।

उहाँले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट,गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गर्नुभएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।