हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुने नाइमा अटो एक्स्पोमा सार्वजनिक भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक जानकारी उपलब्ध गराएको छ ।
डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।
पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ।
हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएकामा यस बसले नयाँ थप उचाईमा पुर्याउने अपेक्षा लिएका छ ।
हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुप अन्तर्गत रहेको MAXUS कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ।
उक्त अटो एक्स्पोमा ७.२ मिटरका कम्फार्टबस २५+१ र सिटि बस २७+१ सीट क्षमताका बसहरू सार्वजनिक गरेको छ जस्को मल्य १,१४,५०,००० देखी शुरु हुनेछ । जस्मा यस नाईमा अटो एक्स्पोमा बुक गर्ने पहिलो ५० ग्राहक महानुभावहरुलाई रु ५,००,००० (पाँच लाख) बिशेष छुटको ब्यवस्था गरेको छ ।
साथै ग्राहकको माग बमोजिम निम्न कुरा हरु थप गर्न सकिने छ।
- यसको वारेन्टी ५बषर् वा २,००,००० कि.मि. दिईएको छ भने ग्राहकले थप ३ बषर्को भ्हतभलमभम धबचचबलतथ समेत खरिद गरी लिन सक्ने छ ।
-हाल सार्वजनिक गरिएको बस बिना एयरकन्डिसन रहेको तर ग्राहकको माग बमोजिम थप एयरकन्डिसन समेत खरिद गरी लिन सक्ने छ।
-यसैगरी Extended warranty पनी ग्राहकको माग बमोजिम खरिद गरी लिन सक्ने छ।
-बसको प्रबेश द्वार पनी ग्राहकको माग बमोजिम एक बा दुई निशुल्क जडान गर्न सकिने छ तर दुई द्वार भएमा दुई वटा सिट घट्ने छ ।
साथै यस कम्पनीले निकट भविष्यमा यसै कम्पनीका ७.२ मिटरका बसरु ९ मिटरको ३८ सिट र १२ मिटरका ५२ सिट क्षमता भएका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ। यसको मूल्य तथा अन्य विवरणहरू भने कम्पनीले पछी जानकारी गराउने भनेको छ तर कम्पनीले अहिले नै घोषणा के गरेको छ भने त्यहाँ सार्वजनिक गर्न लागिएका उक्त बसहरु हाल नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको भन्दा निकै कम मूल्यमा ग्राहकहरू समक्ष सार्वजनिक गरिने जानकारी दिएको छ।
जसका कारण सबैमा कौतुहलता बढेको छ भने एक्स्पोमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको योजना समेत प्रस्तुत गर्न लागिएको जानकारी दिएको छ। बिग्रिपछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालय अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालsf विभिन्न सहरहरूमा रहेका आफ्ना शाखा तथा डिलरहरू मार्फत उपलब्ध गराइने जानकारी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्