लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपालको डिजिटल यात्राका अग्रदूत दिलीप अग्रवाल सम्मानित

कर्पोरेट

नेपालको डिजिटल यात्राका अग्रदूत दिलीप अग्रवाल सम्मानित

नेपालको इन्टरनेट इतिहासमा दीर्घकालीन प्रभाव पार्ने योगदानको सम्मानस्वरूप प्रदान गरिएको यो अवार्डलाई अग्रवालको समर्पण, दूरदृष्टि र नेतृत्वको उच्च मूल्यांकनका रूपमा हेरिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपालको डिजिटल यात्राका अग्रदूत दिलीप अग्रवाल सम्मानित

काठमाडौं । नेपालको इन्टरनेट विकास यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएका वर्ल्डलिंक कम्युनिकेशन संस्थापक तथा अध्यक्ष दिलीप अग्रवाल ‘इन्टरनेट इनेबलर्स नेसनल अवार्ड’का पहिलो (Inaugural) सम्मानित व्यक्तित्वमध्ये एक बनेका छन्। नेपालभर  इन्टरनेट सेवाको विस्तार, डिजिटल पहुँच अभिवृद्धि तथा लाखौं नागरिकलाई इन्टरनेटसँग जोड्ने अभियानमा अग्रवालले खेलेको नेतृत्वदायी भूमिकाको कदर गर्दै उनलाई उक्त राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

उनको दूरदर्शी सोच र अग्रसरताले नेपालको इन्टरनेट पूर्वाधार विकासलाई नयाँ उचाइमा पुर्‍याएको मात्र होइन, देशभरका समुदायलाई डिजिटल रूपमा जोड्न पनि महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । नेपालको डिजिटल रूपान्तरण यात्राका एक अग्रदूतका रूपमा अग्रवालले वर्षौंदेखि सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तारमा योगदान पुर्‍याउँदै आएका छन्। 

उनको नेतृत्वमा वर्ल्डलिंक कम्युनिकेशनले  देशका विभिन्न क्षेत्रसम्म उच्चगतिको इन्टरनेट सेवा विस्तार गर्दै डिजिटल नेपालको निर्माणमा उल्लेखनीय योगदान दिएको छ। नेपालको इन्टरनेट इतिहासमा दीर्घकालीन प्रभाव पार्ने योगदानको सम्मानस्वरूप प्रदान गरिएको यो अवार्डलाई अग्रवालको समर्पण, दूरदृष्टि र नेतृत्वको उच्च मूल्यांकनका रूपमा हेरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।