लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

कांग्रेस विवाद : इतर पक्षको भेला अगाडि संस्थापनको केन्द्रीय समिति बैठक

कांग्रेस विवाद : इतर पक्षको भेला अगाडि संस्थापनको केन्द्रीय समिति बैठक

इतर पक्षले २९ साउनमा भेला आह्वान गरेको पाँच दिन अगावै संस्थापन पक्षले २४ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
कांग्रेस विवाद : इतर पक्षको भेला अगाडि संस्थापनको केन्द्रीय समिति बैठक

अलग्गै पार्टी बनाउने तयारीस्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्र्रतिपक्षी दल कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय भएको छ । इतर पक्षले २९ साउनमा भेला आह्वान गरेको पाँच दिन अगावै संस्थापन पक्षले २४ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । एक साताको बिचमा कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन् । 

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले २४ साउनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि भनिएको बताए । उनले उक्त बैठकमा पार्टीको आन्तरिक एकतासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।

संस्थापन पक्ष आन्तरिक एकताका लागि गम्भीर नभएको आरोप इतरपक्षले लगाउँदै आएको छ । २९ साउनसम्मको अल्टिमेटम दिँदै इतरपक्षले उक्त अवधिसम्म सहमति नभए भेलामार्फत नयाँ दल गठनको तयारी गरेको छ । तर, संस्थापन पक्षले पार्टी एकता अहिलेको आवश्यकता रहेको भन्दै असन्तुष्ट पक्षसँग संवाद अगाडि बढाउने बताएको छ । तर, आइतबार यसमा कुनै प्रगति भएको छैन । 

इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय भेला आयोजक समिति गठन गरिसकेको छ । भेलाका लागि १६ वटा तयारी समिति पनि गठन गरिएको छ । संस्थापन इतरपक्षले १४औँ महाधिवेशनबाट निर्वाचित १११ जनालाई केन्द्रीय कमिटीमा समेट्नुपर्ने मुख्य माग अघि सारेको छ । संस्थापन पक्षले भने पुरानो कार्यसमितिलाई विशेष महाधिवेशनले विस्थापित गरेकाले त्यही कार्यसमितिलाई नयाँ कार्यसमितिमा समायोजन गर्न नमिल्ने अडान राख्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।