लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

BYD ले बदल्दैछ ईभी बजार : ATTO 1 को डिजिटल ककपिटदेखि ATTO 2 को CTB र Blade Battery सम्म

अटो टेक

BYD ले बदल्दैछ ईभी बजार : ATTO 1 को डिजिटल ककपिटदेखि ATTO 2 को CTB र Blade Battery सम्म

काठमाडौंको भृकुटीमण्डपमा साउन २६ गतेदेखि ३१ गतेसम्म भइरहेको NAIMA Mobility Expo 2026 ले नेपालको automobile market मा आएको परिवर्तनलाई एउटै ठाउँमा देखाइरहेको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
BYD ले बदल्दैछ ईभी बजार : ATTO 1 को डिजिटल ककपिटदेखि ATTO 2 को CTB र Blade Battery सम्म

काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा अब केवल पेट्रोल–डिजेलको विकल्प बन्ने चरणमा सीमित छैन। ब्याट्रीको सुरक्षा, रेन्ज, चार्जिङ, कनेक्टिभिटी, ड्राइभिङ असिस्ट, क्यामेरा, स्मार्टफोन इन्टिग्रेसन, आराम र दैनिक उपयोगिताले पनि गाडी छनोटको निर्णय गर्न ग्राहकहरुले थालेका छन्। यही बदलिँदो बजार मनोविज्ञानलाई बिवाईडीको  दुई फरक मोडल BYD ATTO 1 र BYD ATTO 2 ले सम्बोधन गरेको पाइन्छ। काठमाडौंको भृकुटीमण्डपमा साउन २६ गतेदेखि ३१ गतेसम्म  भइरहेको NAIMA Mobility Expo 2026 ले नेपालको automobile market मा आएको परिवर्तनलाई एउटै ठाउँमा देखाइरहेको छ।

५५ भन्दा बढी ब्रान्ड, दर्जनौं नयाँ मोडल तथा EV, hybrid, two-wheeler, commercial vehicle र mobility technology को उपस्थितिले बजारमा विकल्प तीव्र रूपमा बढिरहेको संकेत गर्छ। यस्तो प्रतिस्पर्धात्मक बजारमा ATTO 1 र ATTO 2 को महत्व केवल दुईवटा नयाँ EV हुनुमा छैन।यी दुई मोडलले BYD ले नेपाली ग्राहकलाई दुई फरक प्रवेशद्वार दिन खोजेको देखाउँछन्। एकातिर compact, city-friendly ATTO 1 र अर्कोतिर technology-rich compact SUV ATTO 2 ले ग्राहकलाई ‘EV लिने कि नलिने?’ भन्ने प्रश्नबाट ‘कस्तो EV लिने?’ भन्ने चरणमा पुर्‍याएको छ।

ATTO 1 मा करिब ३.९२ मिटरको कम्प्याक्ट  छ भने यसले  सहरी यात्रालाई केन्द्रमा राख्दै Blade Battery, V2L, डिजिटल ककपिट र स्मार्ट कनेक्टिभिटी अगाडि सारेको छ। त्यस्तै अर्कोतिर ATTO 2 मा ४.३१ मिटर लामो छ भने यसले कम्प्याक्ट SUV को आकारमा 200 mm ग्राउन्ड क्लियरेन्स, ठूलो ब्याट्री, CTB technology, ADAS र थप प्रिमियम सुविधा समेट्ने प्रयास गरेको छ। BYD Nepal ले ATTO 1 लाई Ocean Series को urban mobility केन्द्रित मोडलका रूपमा प्रस्तुत गरेको छ भने ATTO 2 लाई e-Platform 3.0 मा आधारित नयाँ पुस्ताको स्मार्ट EV का रूपमा अघि सारेको 

सहरका लागि सानो, प्रविधिमा ठूलो ATTO 1
ATTO 1 को सबैभन्दा ठूलो विशेषता भनेको यसको compact footprint हो। यसको लम्बाइ 3,925 mm, चौडाइ 1,720 mm, उचाइ 1,590 mm र wheelbase 2,500 mm छ । काठमाडौंजस्ता भीडभाडयुक्त सहरमा पार्किङ, साँघुरा सडक र दैनिक आवतजावतलाई ध्यानमा राखेर यो EV बनाइएको हो। ATTO 1 मा Dynamic र Premium गरी फरक ब्याट्री क्षमता भएका संस्करण उपलब्ध छन्। ATTO 1 मा 300 km सम्मको WLTP mileage तथा DC fast charging उपलब्ध रहेको छ । त्यस्तै यसमा 7-inch digital instrument panel, intelligent touchscreen, smartphone connectivity, cruise control, rear-view camera, rear radar, electronic stability control, traction control र Premium संस्करणमा थप आराम तथा सुविधा दिने उपकरणहरू छन्। 

SUV रूप ATTO 2
ATTO 2 ले भने कम्प्याक्ट SUV सेग्मेन्टलाई प्राथमिकता दिएको छ। यसको लम्बाइ 4,310 mm, चौडाइ 1,830 mm, उचाइ 1,675 mm र wheelbase 2,620 mm रहेको छ । यसले ATTO 1 भन्दा ठूलो cabin footprint र SUV-जस्तो सडक उपस्थितिको आधार तयार गर्छ। Premium ATTO 2 मा 51.13 kWh Blade Battery, 100 kW मोटर, 290 Nm टर्क र 345 km WLTP रेन्ज रहेको छ । यसको अर्को आकर्षक पक्ष भनेको यसमा रहेको 200 mm ground clearance हो। 

Blade Battery 
ATTO 1 र ATTO 2 लाई महत्वपूर्ण र लोकप्रिय बनाउनुको कारण यसको Blade Battery रहेको छ। BYD ले Blade Battery लाई सुरक्षा र durability मा केन्द्रित प्रविधिका रूपमा प्रस्तुत गर्दै आएको छ। EV किन्ने बेला ब्याट्रीको क्षमता, तापक्रम व्यवस्थापन, चार्जिङ क्षमता, दीर्घकालीन performance र battery warranty जस्ता विषय पनि byd किन्ने आधार बन्दैछन्।ATTO 1 र ATTO 2 दुवैमा Blade Battery को प्रयोग BYD को ठूलो बिक्रीको कारण  बनेको छ।

ATTO 2 CTB Technology
ATTO 2 लाई प्राविधिक रूपमा फरक बनाउने प्रमुख पक्षमध्ये Cell-to-Body Technology ( CTB ) हो । यसमा ब्याट्रीको upper cover र vehicle floor लाई एकीकृत गरी battery system लाई गाडीको structural system सँग जोड्ने अवधारणा अपनाइएको छ। BYD Nepal ले CTB लाई battery space utilization तथा vehicle structural performance सुधारसँग जोडेको छ । ATTO 2 को ‘ठूलो प्रविधि’ केवल dashboard मा देखिने touchscreen होइन। गाडीको तल रहेको battery pack नै vehicle engineering को महत्वपूर्ण structural हिस्सा बन्न पुगेको छ।

स्क्रिनमा फरक अनुभव
ATTO 1 को cabin ले compact EV को डिजिटल चरित्रलाई अगाडि सार्छ भने ATTO 2 ले त्यसलाई अझ प्रिमियम बनाउने प्रयास गर्छ। ATTO 1 मा intelligent touchscreen र 7-inch digital instrument cluster उपलब्ध रहेको  छ भने Premium संस्करणमा smartphone connectivity, wireless charging लगायतका सुविधा छन् । 

ATTO 2 मा 12.8-inch intelligent rotating touchscreen रहेको छ भने स्क्रिनलाई portrait र landscape orientation मा प्रयोग गर्न सकिने भएकाले navigation, multimedia तथा infotainment प्रयोगमा फरक अनुभव दिन्छ। यसमा Apple CarPlay/Android Auto, Bluetooth connectivity, voice assistant तथा अन्य smart connectivity सुविधाले गाडीलाई परम्परागत dashboard भन्दा बढी ‘digital cockpit’ बनाउने प्रयास गरेको छ।

रोचक समानता
BYD का यी दुई मोडलको अर्को रोचक समानता भनेको V2L अर्थात् Vehicle-to-Load रहेको छ । ATTO 1 मा BYD  ले 2.2 kW सम्मको V2L क्षमता रहेको छ। यसको अर्थ गाडीको battery मा सञ्चित विद्युत बाहिरी उपकरण चलाउन प्रयोग गर्न सकिन्छ। क्याम्पिङ, आउटडोर कार्यक्रम, ल्यापटप वा साना विद्युतीय उपकरण सञ्चालनजस्ता काममा यस्तो सुविधा उपयोगी हुन सक्छ। V2L आएपछि EV आफैं पनि mobile power source बन्न सक्छ।

सुरक्षा
ATTO 1 मा 6-airbag system, electronic stability control, traction control, ABS, EBD, hill-start assist लगायतका सुरक्षा प्रणाली उपलब्ध छन्। ATTO 2 मा Adaptive Cruise Control, Intelligent Cruise Control, Traffic Sign Recognition, Front Collision Warning, Emergency/Lane assistance, Auto Emergency Braking, Rear Cross Traffic Alert, Door Opening Warning र 360° View Monitor जस्ता सुविधा रहेका छन्।

360° क्यामेरा
ATTO 1 र ATTO 2 को camera तथा parking assistance निकै महत्वपूर्ण छ । सहरमा कारको size सानो भए पनि साँघुरा गल्ली, पार्किङ, भीडभाड र blind spot ले चालकलाई चुनौती दिने गर्दछ। ATTO 1 मा rear-view camera तथा radar उपलब्ध छन् भने ATTO 2 को Premium specification मा 360° camera जस्ता थप advanced vision features ले ठूलो SUV चलाउँदाको confidence बढाउने गर्छ।

आरामदायी
ATTO 1 को मुख्य प्राथमिकता compact urban mobility भए पनि Premium संस्करणमा synthetic leather seat, power-adjustable driver seat लगायतका सुविधा छन्। त्यस्तै ATTO 2 मा Premium specification मा front-seat ventilation, electric seat adjustment, synthetic leather, automatic air-conditioning र PM2.5 high-efficiency filter जस्ता सुविधा रहेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।