काठमाडौं, साउन २०८३ – ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेज (BPC) का विद्यार्थीहरूले ACCA जुन २०२६ परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल तथा विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्। ACCA Platinum Approved Learning Partner तथा लाइसेन्स प्राप्त Computer-Based Examination (CBE) Centre को रूपमा परिचित ब्रिटिश प्रोफेशनल कलेजले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकहरूको मार्गदर्शन तथा उत्कृष्ट सिकाइको वातावरणमार्फत विद्यार्थीहरूलाई विश्वव्यापी करियरका लागि सक्षम बनाउँदै आएको छ।
यसपटक उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू:
● सहारा मगिया (PM) – नेपाल प्रथम, विश्व ८औँ
● नेहा खतिवडा (SBL) – नेपाल प्रथम, विश्व १८औँ
● आशुतोष शर्मा (SBR) – नेपाल प्रथम, विश्व ११औँ
● आशास्वी कुमारी श्रेष्ठ (ATX) – नेपाल दोस्रो, विश्व १७औँ
● शेलिश्मा सिवाकोटी (PM) – नेपाल तेस्रो, विश्व १३औँ
● राकेश साह (SBR) – नेपाल दोस्रो, विश्व १३औँ
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका Head of Professional Education, दिपेन्द्र के. श्रेष्ठले भन्नुभयो,
"हाम्रा विद्यार्थीहरूले हासिल गरेको यो सफलता उनीहरूको अथक मेहनत, समर्पण र हाम्रा अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनको परिणाम हो। राष्ट्रिय मात्र नभई विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूले ब्रिटिश प्रोफेशनल कलेजको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्याएका छन्। हामी सबै सफल विद्यार्थीलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौं।"
यसैबीच, ब्रिटिश प्रोफेशनल कलेजले सेप्टेम्बर २०२६ ACCA Intake का लागि भर्ना खुला भएको जनाएको छ। ACCA अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई चाकुपाट, ललितपुरस्थित ब्रिटिश प्रोफेशनल कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन तथा समयमै आफ्नो सिट सुरक्षित गर्न कलेजले अनुरोध गरेको छ।
ब्रिटिश प्रोफेशनल कलेजबारे
ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (BPC) नेपालकै अग्रणी व्यावसायिक शिक्षण संस्था हो। ACCA Platinum Approved Learning Partner का रूपमा कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षण, आधुनिक शैक्षिक पूर्वाधार तथा अनुभवी प्राध्यापकहरूमार्फत विद्यार्थीहरूलाई विश्वस्तरीय लेखा तथा वित्तीय करियरका लागि तयार गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्