लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

समाचार

लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

लगातारको वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

साउन २५ गते, काठमाडौं । अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सोमबार बिहान करिब ४ बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ को पिन्थली र नार्के क्षेत्रमा लेदोसहितको पहिरो खसेको हो।

पहिरो खसेपछि राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ। पहिरोका कारण यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। राजमार्ग खुलाउन सडक डिभिजन भक्तपुरसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो। पहिरो पन्छाउने काम सुरु गरी राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ।लगातारको वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।