बनेपा (काभ्रे), २४ असोजः रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन असहज भएको छ । राजमार्गका अन्य स्थानमा पनि अवरोध हुनसक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
बिपी राजमार्ग अवरुद्ध
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्