काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौँ देव समाजले आर्थिक सहयोग गरेको छ। सप्तरीबाट काठमाडौं आएर बसोबास गर्दै आएका देव समुदायका सदस्यहरू सम्मिलित समाजले बाढीपीडितका लागि रु. २४ हजार ४ सय ५ आर्थिक सहयोग गरेको हो। काठमाडौँ देव समाजमा हाल २४ जना सदस्य रहेका छन्।
समाजका सदस्यहरूले विपद्को समयमा आफ्नो क्षमता र स्रोतअनुसार सानो भए पनि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम संकलन गरेका हुन्।बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का बेला राज्य र विभिन्न संघसंस्थासँगै समुदायस्तरबाट हुने यस्ता सहयोगले प्रभावित परिवारलाई तत्कालीन राहतमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ। समाजले आफ्नो तर्फबाट गरिएको सहयोगलाई ठूलो रकमभन्दा पनि विपद्मा परेका नागरिकप्रतिको मानवीय ऐक्यबद्धताको सानो प्रयासका रूपमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्