लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोशी बाढीबाट एनसेललाई ९ करोडभन्दा बढीको क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

अटो टेक

भोटेकोशी बाढीबाट एनसेललाई ९ करोडभन्दा बढीको क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा विपद्सम्बन्धी जनचेतनामूलक कल टोन तथा एसएमएससमेत प्रसारण गर्दै आएको  छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोशी बाढीबाट एनसेललाई ९ करोडभन्दा बढीको क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते आएको विनाशकारी रसुवाको भोटेकोशी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको कम्पनीले जनाएको छ। बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको छ भने बाँकी तीनवटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको एनसेलले जनाएको छ।

यसैबीच, एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका ग्राहकलाई यो सुविधा दिइएको हो। कम्पनीका अनुसार सोमबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क सेवाको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ। 

साथै, ब्यालेन्स टपअप नगरेका कारण सेवा बन्द भएका २५ हजारभन्दा बढी सिमसमेत पुनः सक्रिय गरिएको एनसेलले जनाएको छ। एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा विपद्सम्बन्धी जनचेतनामूलक कल टोन तथा एसएमएससमेत प्रसारण गर्दै आएको  छ।

यस्तो छ विवरण 
- भाद्र १० गतेको विनाशकारी भोटेकोशी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एक वटा मोबाइल टावरका साथै ६० किमि भन्दाबढी अप्टिकल फाइवर लाइनमा पुर्णरुपमा क्षति पुर्याएको छ । प्रारम्भिक आकलन अनुसार, यो क्षतिका कारण कम्पनीलाई ९ करोड बढीको आर्थिक हानी भएको छ । 

- एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाख भन्दाबढी प्रभावित क्षेत्रका ग्राहकहरुले पाउँदै आएका छन् । कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।

- बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकहरू निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको हो । कम्पनीले सुरुमा गत बुधबारदेखि तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराएको थियो भने पछि सेवा अवधि शनिबारदेखि थप सात दिनका लागि बढाएको थियो। 

- कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा रु. १ करोड २० लाख भन्दा बढी पुगिसकेको थियो । अहिले डाउन रहेका मोबाइल टावरको संख्या घटेसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको कम्पनीले जनाएको छ।

- विपद्का कारण आएको बाढी तथा पहिरोले फाइबर लिंकमा क्षति पु¥याउँदा नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा टावर प्रभावित भएका थिए। कम्पनीले २७ मध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकेको छ। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला, टिमुरेको एक वटा पूर्ण रुपमा क्षति भएको छ भने नुवाकोटको त्रिशूली, बिदुरस्थित रहेको एउटा टावर र तिरु, रसुवाको टावर पुनः संचालनमा ल्याउन प्राविधिकहरु फिल्डमा खटाई आवश्यक काम भईरहेको छ । 

- यसैबीच, संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजार भन्दाबढी ग्राहकहरुलाई कुनै कारणले ब्यालेन्स टपअपनगरेका कारण एकतर्फी सेवा रोकिएको वा आउटगोइङ् र इनकमिङ् दुवै सेवा बन्द अवस्थामा रहेका सिमहरूलाई समेत सेवाहरु पुनः सक्रिय गरिदिएको जनाएको छ । यसले थुप्रै ग्राहकहरुलाई अहिलेको आपतकालीन अवस्थामा सञ्चार सेवा सहज बनेको छ । यी ग्राहकहरूले पनि एनसेलले उपलब्ध गराइरहेको निःशुल्क सेवाको सुविधा पाएका छन् । यसबाट विपद्को यस कठिन समयमा उनीहरू आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन् ।

- एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामुलक कल टोन र एसएमएस पनि सम्प्रेषण गर्दै आएको छ । त्यस्ता एसएमएसहरुमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको लागि रकम पठाउनुअघि खाता, क्यूआर, लिंक आधिकारिक हो वा होइन भन्ने सुनिश्चित गर्न अपिल, सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारकप्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेकोभएपनि तुरुन्त हटाईदिनुहुन अनुरोधलगायतका रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup