काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद् उद्धार गणबाट ४५ जना टोली नुवाकोट पठाइएको छ । घाइतेको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० शय्या र स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रपक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट तीन प्लटुन सुरक्षाकर्मी काठमाडौँस्थित विमानस्थलमा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । बाढीबाट रसुवामा पुगेको क्षतिसम्बन्धी विवरण अझै प्राप्त हुन नसकेको सशस्त्र प्रहीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन वेस आदमघाट र नं १७ गण चितवनबाट सङ्ख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा सशस्त्रबलका सुरक्षाकर्मी परिचालित
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्