लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोशी बाढी : १ हजार ३६७ शव फेला,५ हजार बढी अझै सम्पर्कविहीन

समाचार

भोटेकोशी बाढी : १ हजार ३६७ शव फेला,५ हजार बढी अझै सम्पर्कविहीन

प्राधिकरणका अनुसार  रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेलापरेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोशी बाढी : १ हजार ३६७ शव फेला,५ हजार बढी अझै सम्पर्कविहीन

काठमाडौँ, २४ भदौः रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेलापरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोटेकोशी र त्रिशूली बाढीपछि हराइरहेका पाँच हजार १३२ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणका अनुसार  रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेलापरेको छ ।  तीमध्ये हालसम्म १०२ वटा शवको सनाखतपछि आफन्तले बुझिसकेका छन् । 

बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६  र विदेशी पर्यटक करिब ५८९ जना सम्पर्कविहीन  छन् । सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्र तुल्याइरहेको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ६२८ जनाले विभिन्न स्थानमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
 
प्राधिकरणका अनुसार बाढीमा परी  घाइते भएका तथा प्रभावित सात हजार १५१ जना नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखि आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम गरिरहेका छन् । त्यस कार्यमा सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय निरन्तर सक्रिय छन् । बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि  खोजी, उद्धार, राहत र अन्य व्यवस्थापनको कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup