लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत, ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा

समाचार

भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत, ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा

विपद्का बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल र सिक्किमबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत, ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सिक्किम नेपाल राहत स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री वितरण गर्दैछ। सिक्किमका मुख्यमन्त्री पीएस गोले मार्फत आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोलीले आज नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ।

टोलीको नेतृत्व सोनाम नोर्गे लाचुम्पाले गरेका छन्। विपद्का कारण प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ। राहत अभियानमा नव प्रवर्तन तथा विज्ञान प्रविधि मन्त्री माननीय महावीर पुन, नेपाली कांग्रेसका संघीय सांसद सन्दिप राणा तथा युवा व्यवसायी टीका भण्डारीले समन्वय गरेका थिए।

यसैबीच, राहत टोलीको स्वागत, सम्मान तथा स्थानीयस्तरमा आवश्यक समन्वय लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालले गरेका थिए। राहत टोलीको स्वागत तथा समन्वय कार्यक्रम बुढानीलकण्ठस्थित होटल सव्रीनामा आयोजना गरिएको थियो। कार्यक्रममा विपद्का बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल र सिक्किमबीचको  सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

भोटेकोसी बाढीबाट नुवाकोटसहित विभिन्न जिल्ला प्रभावित भएका बेला सिक्किमबाट आएको राहत सहयोगले प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री तथा अस्थायी आवासका लागि उपयोगी सामग्री उपलब्ध गराएको छ। सिक्किमका पूर्व मुख्यमन्त्री मनिक कुमार सुब्बा र नर बहादुर भण्डारीले जस्तै भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीलाई माया गरे झै हालका मुख्य मन्त्री पिएस गोले तामाङले अल ईन्डियामा बसोबास गर्ने नेपालीहरुको अभिभावकिया भुमिका गर्दै निकट भविष्यमा थप राहत सहित नेपाल आगमन हुने जानकारी टोलीको नेतृत्वकर्ता  सोनाम नोर्गे लाचुम्पाले गराएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup