लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढी प्रभावित समुदायलाई दराज नेपालद्वारा राहत सहयोगको पहल

कर्पोरेट

बाढी प्रभावित समुदायलाई दराज नेपालद्वारा राहत सहयोगको पहल

करिब ६०० बाढी प्रभावित परिवारका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराउँदै; बदलिँदो आवश्यकताअनुसार थप सहयोगको तयारी

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढी प्रभावित  समुदायलाई दराज नेपालद्वारा राहत सहयोगको पहल

१९ भदौ २०८३, काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत तथा सहयोग उपलब्ध गराउँदै दराज नेपालले राष्ट्रिय विपद् प्रतिकार्यमा आफ्नो साथ र प्रतिबद्धता दोहो¥याएको छ ।यस राहत पहलअन्तर्गत दराज नेपालले करिब ६०० बाढी प्रभावित परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) बराबरका राहत सामग्री उपलब्ध गराएको छ । साथै, थप आवश्यक सहयोगको योजना तथा तयारीपनि गरिरहेको छ । प्रभावित समुदायलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गर्न दराज नेपालले नेपाल सरकारसँग समन्वय गर्दै ती सामग्रीको खरिद तथा व्यवस्थापनमा पनि सहयोग गरिरहेको छ ।

हाल उपलब्ध गराइएका राहत सामग्रीमा चामल, दाल, चना, नुन, सोयाबिन, खानेतेल, चिया तथा बिस्कुटलगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् । यी राहत सामग्री प्रभावित परिवारसम्म पु¥याउनका लागि नेपाल सरकारलाई प्रत्यक्ष हस्तान्तरण गरिएको छ । यसले राहत सहयोग स्थानीय आवश्यकताअनुरूप लक्षित गर्न तथा सबैभन्दा बढी सहयोग आवश्यक रहेका समुदायसम्म प्रभावकारी रूपमा पु¥याउन सहयोग मिल्ने कम्पनीको अपेक्षा छ । तत्कालीन राहत कार्य अघि बढ्दै गर्दा प्रभावित समुदायमा खाना पकाउने तथा खाना वितरणका लागि आवश्यक भाँडाकुँडा र सामग्रीको आवश्यकता पनि पहिचान भएको छ । 

दराज नेपालले नेपाल सरकारसँगको समन्वय तथा स्थलगत आवश्यकताको मूल्यांकनका आधारमा राहत सहयोगको आगामी चरणमा यस्ता सामग्री खरिद गर्ने तयारी गरिरहेको छ । हालै आएको विनाशकारी बाढीका कारण नेपालका विभिन्न क्षेत्रमा जनजीवन, रोजगारी तथा जीविकोपार्जन, यातायात र अत्यावश्यक सेवामा समेत गम्भीर असर परेको छ । विपद्को यस अवस्थाले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, आपत्कालीन उद्धारकर्मी तथा अन्य अग्रपंक्तिमा रहेर काम गरिरहेका व्यक्तिहरूमाथि पनि ठूलो दबाब सिर्जना गरेको छ ।

दराज नेपालले यस्ता विपद्को समयमा सामूहिक प्रयासको महत्वपूणर् भूमिका रहने विश्वास व्यक्त गर्दै निजी क्षेत्रले सरकार र समुदायसँग सहकार्य गरी आफ्ना स्रोत, क्षमता तथा पहुँचलाई आवश्यक स्थानमा परिचालन गरेर राष्ट्रिय विपद् प्रतिकार्यमा अर्थपूणर् योगदान पु¥याउन सक्ने जनाएको छ । यसैबीच, बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा आएको अवरोधले विभिन्न क्षेत्रमा लजिस्टिक्स तथा डेलिभरी सेवामा समेत ठूलो  चुनौतीको सिर्जना गरेको छ । दराज नेपालका टोलीहरूले आफ्नो लजिस्टिक्स नेटवर्कअन्तर्गतका विभिन्न मार्ग तथा सञ्चालन अवस्थाको निरन्तर निगरानी र मूल्यांकन गरिरहेका छन् । ग्राहक, विक्रेता, डेलिभरी कर्मचारी तथा साझेदारहरूको सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको दराज नेपालले जनाएको छ ।

जहाँ अवस्था अनुकूल र सुरक्षित छ, त्यहाँ दराज नेपालले आफ्ना लजिस्टिक्स साझेदार तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा सेवा सञ्चालन तथा पुनःस्थापनाका लागि काम गरिरहेको छ । यद्यपि, प्रभावित क्षेत्रमा सडक तथा यातायातको अवस्थाका कारण केही समयका लागि डेलिभरी तथा सेवामा ढिलाइ वा अवरोध आउन सक्ने कम्पनीले जनाएको छ । दराज नेपालले विपद्को यस अत्यन्त कठिन परिस्थितिमा प्रभावित समुदायको उद्धार तथा सहयोगका लागि निरन्तर खटिरहेका नेपालका आपत्कालीन उद्धारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य अग्रपंक्तिका सहयोगीहरूप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले तत्कालीन राहत चरणपछि पनि आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालका उद्धार तथा राहतका आवश्यकता सम्बोधन भइसकेपछि दराज नेपालले नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा आफ्ना स्रोत र क्षमतामार्फत प्रभावकारी रूपमा योगदान गर्न सकिने सम्भावनाको पहिचान गर्ने जनाएको छ ।“यस्तो ठूलो संकटका बेलामा सबैभन्दा महत्वपूणर् कुरा भनेको स्थलगत आवश्यकतालाई बुझेर छिटो र अर्थपूणर् रूपमा सहयोग पु¥याउनु हो । प्रभावित परिवार तथा समूदायलाई अत्यावश्यक राहत उपलब्ध गराउन र समग्र विपद् प्रतिकार्यमा सहयोग गर्न हामी नेपाल सरकारको साथमा नजिकबाट समन्वय गरिरहेका छौं ।”, दराज नेपालका प्रबन्ध निर्देशक, बेन यीले भन्नु भयो, “हाम्रो जिम्मेवारी तत्कालीन आपत्कालीन अवस्थासँगै समाप्त हुँदैन । प्रभावित समुदाय पुनःस्थापित हुँदै अघि बढ्ने क्रममा पनि हामी उहाँहरूको साथमा निरन्तर रहनेछौं ।”

दराज ग्रुपका बारेमा 
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

थप जानकारीका लागि www.daraz.com मा जानुहोस् वा दराजको लिंक्डइन पेज www.linkedin.com/company/daraz/  मा लगअन गर्नुहोस् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup