लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

महासचिवको दौडमा दोस्रो स्ट्र पोल

राजनीति

महासचिवको दौडमा दोस्रो स्ट्र पोल

न्युज बिहानी
न्युज बिहानी
Shares
महासचिवको दौडमा दोस्रो स्ट्र पोल

संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार दोस्रो अनौपचारिक मतदान (स्ट्र पोल) गरेको छ । महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल डिसेम्बर ३१ मा सकिँदैछ । त्यसअघि उहाँको उत्तराधिकारी बन्न आकांक्षी उम्मेदवारमध्ये कसको समर्थन बलियो बन्दै गएको छ भन्ने आकलन गर्न मतदान गरिएको हो ।

पहिलो स्ट्र पोलमा कोस्टा रिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा रहनुभएको थियो । परिषद्का १५ सदस्यले उम्मेदवारबारे गोप्य रूपमा धारणा व्यक्त गरेका थिए । प्रतिस्पर्धामा अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिग्स–बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकी साल हुनुहुन्छ । पहिलो मतदानपछि इक्वेडरकी इभोन ए–बकीले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीले दोस्रो स्ट्र पोलले प्रतिस्पर्धा कुन दिशामा अघि बढिरहेको छ भन्ने सङ्केत दिने बताउनुभयो । उहाँका अनुसार पहिलो मतदानका तुलनामा मत वितरणमा परिवर्तन आउन सक्ने भए पनि कुनै उम्मेदवारले निर्णायक अग्रता हासिल गर्ने सम्भावना कम छ ।

भिटो अधिकार भएका बेलायत, चीन, फ्रान्स, रुस र अमेरिकाले आफ्नो प्राथमिकता तत्काल स्पष्ट नगर्न सक्ने उहाँको भनाइ छ । रुसी राजदूत भासिली नेबेन्जियाले पनि कुनै उम्मेदवारले पर्याप्त समर्थन जुटाउन नसके नयाँ उम्मेदवार थपिन सक्ने सम्भावना अस्वीकार गर्नुभएको छैन । सुरक्षा परिषद्मा उम्मेदवारले १५ मध्ये कम्तीमा नौ मत पाए पनि पाँच स्थायी सदस्यमध्ये कुनैको भिटोबाट जोगिनुपर्छ । परिषद्को सिफारिसपछि मात्र उम्मेदवारको नाम अनुमोदनका लागि महासभामा पठाइन्छ ।

स्ट्र पोलको अभ्यास सन् १९८० को दशकको सुरुतिर भिटोका कारण उत्पन्न उम्मेदवारबीचको गतिरोध तोड्ने प्रयासस्वरूप सुरु गरिएको थियो । प्रत्येक सदस्यले उम्मेदवारलाई ‘प्रोत्साहित गर्नुहोस्’, ‘निरुत्साहित गर्नुहोस’ वा ‘कुनै राय छैन’ मध्ये एक धारणा गोप्य रूपमा व्यक्त गर्छन् । यसबाट कमजोर समर्थन भएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिने सङ्केत मिल्छ ।

महासचिव पद क्षेत्रीय सन्तुलनको परम्पराअनुसार विभिन्न क्षेत्रबीच घुमाइन्छ । त्यस आधारमा यसपटक ल्याटिन अमेरिकाबाट उम्मेदवार चयन हुने अपेक्षा गरिएको छ । हालको प्रतिस्पर्धामा सो क्षेत्रका धेरै उम्मेदवार छन् । म्याकी साल र ओलारा ओटुन्नु भने अफ्रिकाबाट उम्मेदवार हुनुहुन्छ । नयाँ महासचिवको अन्तिम चयन सुरक्षा परिषद्को सिफारिसमा महासभाले गर्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।