शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेनजी आन्दोलनपछि नुवाकोटमा जागे युवा, नुवाकोटको विकासका लागि बहसमा

युवा अभियन्ता गोकर्ण बरालका अनुसार, जेनजी आन्दोलनले युवा पुस्तामा "परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ" भन्ने सोच रोपेको बताए ।

नुवाकोट । सामाजिक सचेतना र परिवर्तनका लागि देशभर फैलिएको जेनजी आन्दोलन नुवाकोटमा पनि प्रभावकारी बन्दै गएको छ । आन्दोलनको प्रभावमा युवाहरू अब विकास, रोजगारी र नीति निर्माणका बहसमा सक्रिय देखिएका छन्। जेनजी आन्दोलनले ल्याएको परिवर्तनपछी नुवाकोटका युवाहरूमा नयाँ ऊर्जा,जोस र सोचको लहर पैदा गरेको छ । अहिले युवाहारु स्थानीय विकास, सुशासन र सामाजिक उत्तरदायित्वका विषयमा सक्रिय हुँदै सार्वजनिक बहसमा उत्रिएका छन्। हालै सचेत नागरिक अभियान र नुवाकोटको  विकास निर्माणको मोडल कस्तो हुनसक्छ ? भन्दै दुवै नागरिक समुहले सयुक्त बहस सुरु गरेका छन्। 

सचेत नागरिक अभियानको अगुवाई अधिवक्ता एबं पत्रकार रामेश्वर भण्डारी,पत्रकार गोकर्ण बराल लगायतका युवा अभियन्ताहरु सामेल रहेका छन् भने नुवाकोटको  विकास निर्माणको मोडल कस्तो हुनसक्छ ? भन्ने अभियानको अगुवाई राजन गौतम ( नकुल ),राजमान तामाङ लगायत युवा अभियन्ताहरु सामेल छन् । युवा समूहहरूले विकास र समृद्धिका विषयमा श्रृंखलाबद्ध छलफल कार्यक्रमहरू सुरु गरेका छन्। यी बहसहरूमा शिक्षा, रोजगारी, पूर्वाधार, कृषि, पर्यटन र सुशासनका मुद्दाहरू प्राथमिकतामा छन्। अहिले यो अभियानमा स्वदेश तथा बिदेशमा रहेका नुवाकोटबासीहरुले रुची र चासो दिन थालेका छन् । यस अभियानमा नेपाल सरकारका पुर्व सचिवदेखि बिभिन्न पेसामा आबद्द युवाहरु जोडिन थालेका छन् । नुवाकोट जिल्ला भौगोलिक, ऐतिहासिक र स्रोतसम्पन्न जिल्ला भएपनि बिकासमा पछी परेको छ । राजधानी काठमाडौँसगँ सिमा जोडिएको नुवाकोट बिकासको प्रचुर सम्भावना हुँदा समेत भू-राजनीतिको चपेटामा पर्दै आएको छ । सही नीति, युवा नेतृत्व र स्तरीय लगानी आएमा द्रुत विकास सम्भव छ। 

युवा अभियन्ता गोकर्ण बरालका अनुसार, जेनजी आन्दोलनले युवा पुस्तामा "परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ" भन्ने सोच रोपेको बताए । उनका शब्दमा, “अब हामीले समस्या देखाएर मात्र होइन, समाधान खोजेर अघि बढ्ने बेला आएको छ।”बरालका अनुसार, नुवाकोटका युवाहरू अब राजनीति भन्दा पनि नीति र व्यवहारमा सुधार ल्याउने प्रयासमा जुटेका छन्। “हाम्रो लक्ष्य नुवाकोटलाई अवसरको केन्द्र बनाउनु हो,” उनले भनेका छन्। बरालका अनुसार, नुवाकोटका युवाहरू अब दलगत राजनीतिभन्दा पर उठेर नीति, दृष्टि र व्यवहारमा सुधार ल्याउने अभियानमा उत्रिएका छन्।

युवा अभियन्ता राजन गौतम का अनुसार, जेनजी आन्दोलनले युवाहरूमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वबोध जगाएको छ। “अब समस्या देखाएर बस्ने होइन, समाधानका लागि एकताबद्ध भएर काम गर्ने बेला आएको छ उनले भने । “हामी नुवाकोटलाई अवसर र सम्भावनाको केन्द्र बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौं,” उनले थपे।

युवा अभियन्ता रामेश्वर भण्डारीले भने- समस्या देखाएर मात्र होइन, समाधान खोज्ने पुस्ता बन्दैछौं। जेनजी आन्दोलनले युवाभित्र “स्व–उत्तरदायित्व” को भावना जागृत गरेको छ। “हामी अब परिवर्तनका दर्शक होइन, सहभागी बन्न खोजिरहेका छौं। नुवाकोटको समस्या हामी आफैंले बुझ्नुपर्छ र समाधान पनि हामीले नै खोज्नुपर्छ,” उनले भने।

युवा अभियन्ता राजमान तामाङले भने- हाम्रो उद्देश्य नुवाकोटलाई उत्पादन, पर्यटन र सीप–आधारित अवसरको केन्द्र बनाउने हो। यी बहसहरूमा शिक्षा, रोजगारी, पूर्वाधार, कृषि, पर्यटन र सुशासनजस्ता विषयलाई प्राथमिकताका साथ उठाइएको छ। अहिले यस अभियानमा सयौ जना जोडिने र आफ्ना बिचारहरु राख्ने क्रम सुरु भएको छ। जेनजी आन्दोलनपछि देखिएको युवाको सक्रियता नुवाकोटमा मात्र होइन, अन्य जिल्लामा पनि स्थानीय तहमा नीति–संवाद र उत्तरदायित्वको संस्कृतिलाई बलियो बनाउँदै गएको पाइन्छ । 

नुवाकोटको उच्च पहाडी भूभाग, चिसो तापक्रम र जलस्रोत पर्याप्त हुँदा तरकारी, फलफूल तथा माछा, ट्राउट (rainbow trout) पालनका लागि राम्रो वातावरण रहेको छ । स्थानीय सांस्कृतिक सम्पदा र नेचर–टुरिज्मलाई जोड दिई डिजिटल माध्यमबाट प्रचार गर्नुपर्ने आबस्यकता अहिले देखिन्छ । स्थानीय बुद्धिजीवी, शिक्षक र व्यवसायीहरूले युवाको यो पहललाई सरहना गरेका छन्। उनीहरूका अनुसार, युवाको जागरणले जिल्लामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने सम्भावना देखिएको छ। नुवाकोटमा प्रविधि र युवा नेतृत्व जोडिएमा कृषिमा मूल्य अभिवृद्धि, साना जलविद्युत् परियोजना, र पर्यटन–आधारित रोजगारी सिर्जना गरी दिगो विकास सम्भव छ।