शुक्रबार, ४ बैशाख २०८३
३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेपछी थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ भएको थियो । लामिछानेले बिगो बापतको रकम र थप एक करोड रुपैयाँ धरौटी राखेर थुना बाहिर बस्न पाउँने भएका छन् ।