शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको मतदान  मंगलबार साँझ   प्राविधिक समस्याका कारण  आज बिहानलाई सारिएको थियो । आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ  । मतदानको लागि ८० वटा मेसिन राखिएको छ ।  निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको थियो  । नयाँ नेतृत्व (अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।