शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मितेरी सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङलाई उन्मुक्ति दिएर प्रतिवेदन पेस हुँदै

उनको संलग्नता नदेखिएको हुँदा प्रतिवादी नबनाइएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताए । अहिलेसम्मको अनुसन्धानमा धनराज गुरुङको संलग्नता कतै भेटिन्न, त्यसो हुँदा उनलाई प्रतिवादी बनाइएको छैन,’ उनले भने ।

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सहकारी वकिल कार्यालय, काठमाडौंमा पेस गर्ने तयारी भएको छ । उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ । सिआइबीका अनुसार यस प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, ज्योति गुरुङ, हितमान थापा र प्रकाश थापालाई प्रतिवादी बनाइएको छ । तर, घटनामा संलग्न रहेको आरोप लागेका सत्तारूढ दल कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङलाई भने प्रतिवादी नबनाई उन्मुक्ति दिइएको छ । 

प्रतिवादी बनाइएकाविरुद्ध बिगो रकम चार अर्ब रुपैयाँ नाघ्ने सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए । ‘घटनाको अनुसन्धान लगभग सकिएको छ । बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी छ,’ उनले भने, ‘घटनामा ६ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध दाबी गर्ने बिगो रकमको परिमाण यकिन हुँदै छ । सबै गरी चार अर्ब रुपैयाँ नाघ्ने देखिएको छ ।’प्रतिवादीमध्ये ज्योतिबहादुर, सुवास र सुरेश पक्राउ परेका छन् । बाँकी अभियुक्तविरुद्ध ६ असोज ०८१ मा नै पक्राउ पुर्जी जारी भए पनि फरार नै छन् । 

सिआइबीका अनुसार कांग्रेस उपसभापति धनराज प्रतिवादी छैनन् । उनको संलग्नता नदेखिएको हुँदा प्रतिवादी नबनाइएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताए । अहिलेसम्मको अनुसन्धानमा धनराज गुरुङको संलग्नता कतै भेटिन्न, त्यसो हुँदा उनलाई प्रतिवादी बनाइएको छैन,’ उनले भने । सिआइबीले ५६ दिनदेखि ठगी तथा संगठित अपराधअन्तर्गत घटनाको अनुसन्धान गरिरहेको छ । ठगीमा ज्योतिबहादुरसहित सुवास मुख्य योजनाकार रहेको सिआइबीको निष्कर्ष छ । उनीहरू सहकारी ठगीसहित क्रिप्टो र हुन्डी कारोबारमा समेत संलग्न थिए । 

यस क्रममा सुवासले मात्रै चार अर्ब रुपैयाँभन्दा धेरै रकमको हुन्डी र क्रिप्टो कारोबार गरेका छन् । सुवास १० असार ०७३ मा हुन्डी कारोबारको ३६ लाख रुपैयाँसहित पक्राउ परेका थिए । त्यसबाहेक उनी नक्कली नोटको कारोबारमा पनि संलग्न थिए । उनलाई प्रहरीले १० लाख रुपैयाँ नक्कली नोटसहित ७ कात्तिक ०८१ मा पक्राउ गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।