मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

यो साताको राशिफल हेर्नुहोस!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : साताको प्रारम्भ उच्च शिक्षालाई लिएर नयाँ अवसर मिल्नेछ। टाढिएका साथीभाईहरूसँग रमाइलो भेटघाट हुनेछ। साताको मध्यमा नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग पाइनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा सुखःदुखमा साथ दिने सहयोगीहरू भेटिनाले काममा आइरहेको बाधा पन्छिनेछ। शेयर बजारबाट लाभ आजन गर्न सकिनेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक १ र ७ रहेको छ। 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : साताको प्रारम्भमा विवादास्पद काममा हात हाल्नाले ठूलो अवरोधको सामना गर्नुपर्ला। बोलीको विपरीत अर्थ लाग्नेछ सावधान रहनुहोस्। साताको मध्यमा चुनौतीहरुलाई पन्छाउँदै नयाँ अवसर खोज्ने समय रहेको छ। भौतिक संसाधन जुटाउन सकिनेछ। साताको अन्तिममा नोकरी वा पेशामा सहयोगी वर्गहरूबाट सहयोग पाइनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सदैव देवीको दर्शन गरेर दिनको प्रारम्भ गरौँ। यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक २ र ६ रहेको छ।
 
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : साताको प्रारम्भमा व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल बन्नेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। हत्तारमा निर्णय लिँदा कार्य दोहोर्याएर गर्नुपर्ला। साताको अन्तिममा धर्म कर्ममा मन जानेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
 
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : साताको प्रारम्भमा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। अधिकारको लागि संघर्ष गर्नुपर्ला। साताको मध्यमा आफन्तहरू मध्य असमझदारी बढ्नेछ। स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस्। साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक ३ र ६ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : साताको प्रारम्भमा सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। व्यावहारिक पक्षमा असमझदारी बढ्नेछ। साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। सकारात्मक ऊर्जाको साथ अगाडि बढ्नुहोस्। साताको अन्तिममा व्यापार व्यवसाय मनग्य लाभ आर्जन गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक १ र ५ रहेको छ।
 
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : साताको प्रारम्भमा पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। साताको मध्यमा विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। साताको अन्तिममा ईर्ष्यालु प्रवृत्ति बढ्नेछ। प्रतिद्वन्दीहरू पछाडि हट्नाले कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त हुनेछन्। सदैव भैरव भगवानको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र गुलाबी हो भने शुभ अंक ३ र ५ रहेको छ।
 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : साताको प्रारम्भमा धैर्य वा पराक्रमले आँटेको कार्य सम्पादन गर्न सफल भइनेछ। आफूभन्दा सानाप्रति आत्मीय भाव बढ्नेछ। साताको मध्यमा स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान दिन नसकिएला। पहिलाका रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। साताको अन्तिममा रचनात्मक काममा मन जानेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सदैव भगवान गणेशको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र हरियो हो भने शुभ अंक २ र ७ रहेको छ।
 
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। साताको मध्यमा विद्यार्थीहरूलाई पढाइमा ऊर्जा उत्साह वा लक्ष्यप्राप्तिलाई लिएर प्रतिबद्धता बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। साताको अन्त्यमा पारिवारिक वातावरणमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक ५ र ७ रहेको छ।
 
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : साताको प्रारम्भमा प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। रोकिएको कार्य पुन: प्रारम्भ हुनेछ। साताको मध्यमा व्यापार व्यवसायमा संयमता र सरल भाषाको प्रयोग गर्नुहोला। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। साताको अन्तिममा साहसिक कार्य गर्ने समय रहेको छ। पुरानो रोकिएको पैसा फिर्ता हुनेछ भने भाग्यको साथ पाइनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभा रंग पहेलो र रातो हो भने शुभ अंक ३ र ९ रहेको छ। 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। साताको मध्यमा जीवनसाथीको साथ र सहयोग पाइनेछ। सामाजिक सेवामूलक कामले समाजमा नाम स्थापित गराउनेछ। साताको अन्तिममा धनलाभका नयाँ बाटोहरू प्रशस्त खुल्नेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ मिल्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र बैजनी हो भने शुभ अंक ४ र ६ रहेको छ। 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : साताको प्रारम्भमा पुरुषार्थ देखाएर लाभ उठाउने समय रहेको छ। लगनशीलताले लक्ष्य प्राप्ति गर्न सकिनेछ। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। माननीय जनहरूको कुरालाई वेवास्था नगर्नुहोस्। साताको अन्त्यमा कार्यक्षेत्रमा आफ्नो प्रभुत्व स्थापित गर्न सकिनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजन संगै मिठा कुराकानीमा मन रमाउनेछ। सदैव गौ माताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र खैरो हो भने शुभ अंक २ र ४ रहेको छ।
 
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : साताको प्रारम्भमा नोकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग पाइनेछ। पिताको सहयोगले व्यापार विस्तारमा सहायता मिल्नेछ। साताको मध्यमा मेहनतीहरूको लागि समय उत्तम रहेको छ। शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिएला। साताको अन्तिममा कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछि परिनेछ। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। सदैल भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सुन्तला हो भने शुभ अंक ४ र ८ रहेको छ।