मङ्गलबार, ८ बैशाख २०८३
चितवन, नेपाल वैशाख ७, २०८३े — कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई निरन्तरता दिँदै मंगलपुर, चितवनमा नयाँ शोरुम उद्घाटन गरेको छ। अथर्र्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम सोमबार,वैशाख ७ गते बिहान ११ः०० बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालको उपस्थिति रहेको थियो, जसले प्रमुख क्षेत्रीय बजारहरूमा आफ्नो पहुँच विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। उक्त उद्घाटनले चितवन तथा आसपासका ग्राहकहरूलाई कजारियाका प्रिमियम टायल समाधानहरू अझ सहज रूपमा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदमका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
सो अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवालले भने, “अथर्र्व इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा, उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित टायल समाधानहरू प्रदान गर्ने ठूलो सम्भावना देखिरहेका छौं।”नेपालभर निरन्तर विस्तार भइरहेको आफ्नो सञ्जालसँगै कजारियाले टायल उद्योगमा विश्वासिलो ब्रान्डका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै नवीनता, गुणस्तर तथा उत्कृष्ट डिजाइनमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ। यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा क्गउभचदचबलम २०२५ को उपाधि, ब्कष्ब’क ःयकत एचयmष्कष्लन द्यचबलम को मान्यता तथा विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश छन्। गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता क्ष्क्इ ९००१ः२०१५ र क्ष्क्इ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद् (क्ष्न्द्यऋ) को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ।
यसैलाई निरन्तरता दिँदै कजारियाले हालै ल्क् त्तगबष्तिथ ब्धबचम २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ। ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ। हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०ह१२० से.मी., ६०ह६० से.मी., १९.५ह१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०ह४०से.मी.) तथा सेरामिक वाल टायल (३०ह६० से.मी., ३०ह४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।