शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ, २७ चैतः स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा रु ८५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९६० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८७५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो ।अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।