आईतबार, १० साउन २०८३

images

आईतबार, १० साउन २०८३

आईतबार, १० साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम, ९ साउनः कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । निज जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आउनुभएको थिए ।

साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निःसर्ग अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा साँझ ५ः०२ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।मृतकको शव शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।