बुधबार, १६ ब‌ैशाख २०८३

images

बुधबार, १६ ब‌ैशाख २०८३

बुधबार, १६ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कांग्रेसभित्र शक्ति–संघर्ष पुनः तीव्र : तीनवटै समूहका छुट्टाछुट्टै भेला र बैठक

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएसँगै कानुनी विवाद टुंगिएको देखिए पनि राजनीतिक रूपमा भने विवाद अझै चर्किएको छ । तीनवटै समूहले छुट्टाछुट्टै भेला, बैठक र शक्ति सञ्चयका गतिविधि तीव्र पारेका छन् । विवादका मुद्दा र गतिविधिका स्वरूपले तत्काल कांग्रेसको आन्तरिक शक्ति–संघर्ष तत्काल समाधान हुनेतिर गएको देखाएको छैन । गगन थापा नेतृत्वको संस्थापन पक्षले संस्थागत गतिविधि जारी राखेकै वेला १४औँ महाधिवेशनको संस्थापन पक्ष र डा. शेखर कोइराला समूह समानान्तर गतिविधिसहित शक्ति सञ्चयमा छन् । हाल कांग्रेसमा गगन थापा नेतृत्वको संस्थापन पक्ष, १४औँ महाधिवेशनबाट आएको संस्थापन समूह र शेखर कोइराला नेतृत्वको इतरपक्ष सक्रिय छन् । सहमति, समानान्तर गतिविधि वा विभाजन कांग्रेसका सम्भावित परिदृश्य छन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको निर्णयविरुद्ध पुनरावेदनको तयारी गर्दै राजनीतिक रूपमा पनि सशक्त उपस्थिति देखाउने रणनीति लिएको छ । नेता शेखर पक्षधर पनि रणनीतिक छलफलमा छ । दुवै पक्षले पार्टी एकताको विषय सभापति गगन थापाको हातमा रहेको औँल्याएका छन् । उनीहरू अझै ‘पर्ख र हेर’को रणनीतिमा छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीमा मंगलबार आफूनिकट नेताहरूको भेला गरेका छन् । भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरू सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना, प्रकाशशरण महत, उमाकान्त चौधरीसहित १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापति सहभागी भए ।

भेलालाई सम्बोधन गर्दै खड्काले पार्टी एकतामा जोड दिँदै विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बनेको आरोप लगाएका छन् । उनका अनुसार यही प्रक्रियाले पार्टी विभाजनको अवस्था सिर्जना गर्‍यो र चुनावी परिणाममा समेत असर पार्‍यो । भेलालाई सम्बोधन गर्दै खड्काले आफूहरू पार्टी एकताबद्ध रहोस् भन्ने पक्षमा रहेको बताएका छन् ।खड्काले कांग्रेसलाई कमजोर बनाउने रणनीतिअन्तर्गत नै विशेष महाधिवेशन गराइएको दाबी पनि गरेका छन् । ‘कांग्रेसलाई विशेष महाधिवेशनको नाममा दुई फ्याक गराइयो । आधा कांग्रेस बाहिर, आधा कांग्रेस विशेष महाधिवेशनमा’ खड्काको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘रास्वपाको करिब दुईतिहाइ आउनुमा पनि विशेष महाधिवेशनको हात छ । विशेष महाधिवेशन नभएको भए रास्वपाको यति धेरै सिट आउने थिएन । कांग्रेसको कम्तीमा ७० सिट आउँथ्यो ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।