शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । तुइनखोलामा ठुलो सुक्खा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको सुक्खा पहिरोले सडक भासिने जोखिम बढेको छ । जसका कारण तत्काल सडक खुल्ने कुनै सम्भावना छैन । पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।