शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुनसरीमा सवारी दुर्घटना : तीन जनाको मृत्यु,१५ जना घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस  आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । 

उहाँका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन । घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।   प्रहरी प्रवक्ता खतिवडाले बस चालक  झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।