शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

वीरगञ्ज (पर्सा), १२ पुसः वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । 

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिनुभयो । 

“वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो,’’ उहाँले भन्नुभयो । महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।