शनिवार, ५ बैशाख २०८३
काठमाडौं, असोज १० – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औल्याउनुभयो। “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भन्नुभयो।
संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिनुभएको छ । बैठक सम्पन्नसंगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।
जेन-जी प्रतिनिधित्वबारे अध्यक्ष प्रचण्ड
अब केन्द्रीय समिति बनाउँदा या वडा, पालिका समिति या प्रदेश समिति बनाउँदा पनि हामीले जेनजी युवाहरुलाई प्राथमिकता दिनै पर्छ। अहिले हामीले दिएको पुगेन र अधिकतम् कति सकिन्छ हामी जेन्जीलाई ल्याउनु पर्ने हामी अरुले कति छोड्न पर्छ छोड्दा भयो किनभने राष्ट्र संकटमा परेको छ र यो संकटबाट राष्ट्रलाई पार लगाउनु छ त्यसकारण यो बारेमा पनि सबै कमरेडहरु सोच्न थाल्नु पर्यो । तपाईहरु आफ्नो आफ्नो एरिया भित्र आफ्नो आफ्नो जिम्मेवारी भित्र आफ्नो आफ्नो मोर्चा भित्र जेन्जी खोज्न पर्यो अलि गतिशील सक्रिय सक्षम त्यस्ता जेन्जीहरु लाई संगठित गरेर तिनीहरुलाई अगाडी ल्याउने साथै युवाहरुलाई उच्च प्राथमिकता दिनु पर्यो।
नेकपा (माओवादी केन्द्र) को सॅातौ पूर्ण बैठकको निर्णय
* केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
* पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
* नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने ।
* जेन-जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
* आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
* अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
* विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।