शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी ७ खानेकुरा !

खाली पेट हुँदा पेटमा एसिडको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा एसिड बढाउने खानेकुरा खाँदा पाचनक्रिया सम्बन्धी समस्या हुन्छ जस्तै ग्याँस वा कब्जियतको सम्भावना बढ्ने गर्दछ । यस्तै ७  खानेकुरा छन् जुन खाली पेट खाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।

केरा : केरामा म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । यसलाई खाली पेट खाँदा शरिरमा क्याल्सियम र म्याग्नेसियमको स्तर बिग्रने गर्दछ ।

के हुन्छ ?
छातीमा जलन,पाचनक्रिया कमजोर हुने सम्भावना हुन्छ ।

सुन्तला : सुन्तलामा अर्गेनिक एसिड हुन्छ । खाली पेट शरिरमा यसै पनि एसिड धेरै हुन्छ । यदि यस्तो अवस्थामा सुन्तला खानुहुन्छ भने एसिडको मात्रा बढ्नेछ ।

के हुन्छ ?
पेट र छाती पोल्ने । पत्थरीको समस्या हुनसक्छ ।

शख्खरखण्ड : यसमा ट्यानिन र प्याक्टिन हुन्छ जुन खाली पेटमा पच्दैन ।

के हुन्छ ?
पाचनक्रिया खराब हुनसक्छ । छातीमा जलन हुने आशंका रहन्छ ।

दूध : यसमा पाइने स्याचुरेटेड फ्याट र प्रोटिनको पेटको मांसपेशीलाई कमजोर गर्नेछ ।

के हुन्छ ?
पाचनक्रियामा प्रभाव पर्नेछ । खोकीको आशंका बढ्नेछ ।

गोलभेडा : खाली पेट गोलभेंडा खाँदा यसमा हुने एसिड पेटमा नघुल्ने जेल पैदा गर्दछ ।

के हुन्छ ?
पत्थरीको समस्या हुनसक्छ ।

ग्रीन टी : ग्रीन टीमा पाइने क्याफिनले शरिरमा एसिडको स्तरलाई बढाउँछ ।

के हुन्छ ?
एसिडिटी हुन्छ । पाचनक्रियामा असर पर्छ ।

चिनी : खाली पेटमा चिनी वा गुलियो खानेकुरा खाँदा रगतमा चिनिको मात्रा बढ्ने गर्दछ ।

के हुन्छ ?
एक सीमासम्म यसले ऊर्जा दिन्छ । धेरै हुँदा थकान हुनसक्छ ।