काठमाडौं । आजभोली नेपाली सडकमा विद्युतीय गाडीको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी NAIMA Mobility Expo 2026 मा नयाँ पुस्ताका विद्युतीय सवारीसहित दर्जनौँ ब्रान्ड प्रतिस्पर्धामा उत्रिएका बेला BYD Atto 3 का लागि यो एक्स्पो आफ्नो बजार प्रभाव जाँच्ने महत्वपूर्ण अवसर बनेको छ । ग्राहकहरुको रोजाइमा परेको धेरै EV मध्ये कुन चाहिँ EV ले साँच्चिकै पैसाको मूल्य दिन्छ? भन्ने प्रश्नको बीचमा BYD Atto 3 फेरि चर्चाको केन्द्रमा छ ।
केही वर्षअघि मात्र नेपाल प्रवेश गर्दा Atto 3 आफैंमा नयाँ थियो। तर अहिले अवस्था बदलिएको छ। नेपालमा सन् २०२२ अक्टोबरमा सार्वजनिक भएदेखि निरन्तर लोकप्रिय रहँदै आएको एट्टो ३ लाई बीवाईडीले न्यु जेनेरेसनमा थप परिष्कृत गरेको छ। Atto 3 को कथा केवल एउटा आकर्षक SUV को कथा मात्र होइन। यसको पछाडि Blade Battery, स्मार्ट ड्राइभिङ प्रविधि, सुरक्षा प्रणाली र नेपालमा विस्तार हुँदै गएको बिक्रीपछिको नेटवर्क जोडिएको छ।
यात्राको भरोसा
Atto 3 Superior मा 60.48 kWh Blade Battery, 100 kW मोटर र 310 Nm टर्क रहेको छ। यसको WLTP रेन्ज 420 किलोमिटर रहेको छ भने 0–100 km/h पुग्न करिब 9.7 सेकेन्ड मात्र लाग्छ भने 175 mm ग्राउन्ड क्लियरेन्स रहेको छ। गति, एसी, तापक्रम, यात्रुको संख्या, सडकको अवस्था र ड्राइभिङ स्टाइलले ब्याट्री खपत परिवर्तन हुने भएपनि Atto 3 लाई लामो दूरीको यात्राका लागि पनि व्यवहारिक EV बनाउने आधार दिएको छ।
Blade Battery मुख्य पहिचान
Atto 3 को सबैभन्दा ठूलो प्राविधिक आकर्षण BYD Blade Battery हो। यो LFP (Lithium Iron Phosphate) प्रविधिमा आधारित रहेको छ । BYD ले यसलाई सुरक्षा र दीर्घकालीन durability मा केन्द्रित प्रमुख प्रविधिका रूपमा अघि सारेको छ। Atto 3 को ब्याट्री र गाडीको वारेन्टी ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर रहेको छ।
स्मार्ट डिभाइसको अनुभव
Atto 3 को अर्को बलियो पक्ष भनेको यसको क्याबिन टेक्नोलोजी हो। नेपालका लागि उपलब्ध ब्रोसरमा 15.6-inch टचस्क्रिन, Heads-Up Display, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, 50W वायरलेस चार्जिङ, कलम-माउन्टेड गियर सिलेक्टर र Magic Boot Space जस्ता फिचर देखिन्छन्।
सुरक्षातर्फ 7 SRS एयरब्याग, Automatic Emergency Braking, front/rear collision warning, Lane Departure Warning, Intelligent Cruise Control, Blind Spot Detection तथा Rear Cross Traffic Alert जस्ता प्रविधि उपलब्ध छन्।
EV अब केवल पेट्रोल–डिजेलको विकल्प मात्र होइन यो कार, कम्प्युटर, कनेक्टेड डिभाइस र ऊर्जा प्रणाली बन्दै गएको छ । Atto 3 को ठूलो स्क्रिन, डिजिटल कनेक्टिभिटी र ड्राइभर-असिस्टेन्स फिचरले यही नयाँ अटोमोबाइल संस्कृतिको प्रतिनिधित्व गरेको छ ।
बिक्रीपछि सेवा
ग्राहकको सबैभन्दा ठूलो चिन्ता भनेकै इभि किनेपछि ब्याट्री र सर्भिसिङ छ कि छैन भन्ने रहेको हुन्छ । नेपालमा BYD को डिलर तथा सर्भिस नेटवर्क ब्यापक बिस्तार भैरहेको छ । BYD को १७ वटा डिलर रहेको छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, विराटनगर, इटहरी, बिर्तामोड, जनकपुरलगायतका स्थानमा सर्भिस सपोर्ट छ।
चार्जिङमा तिब्रता
Atto 3 Superior लाई 80 kW चार्जर मार्फत करिब 45 मिनेटमा चार्ज गर्न सकिन्छ । यसमा AC र DC दुवै चार्जिङ पोर्ट रहेका छन्।EV किन्दा गाडीको चार्जिङ क्षमता मात्र होइन, आफूले नियमित प्रयोग गर्ने चार्जिङ नेटवर्क कहाँ–कहाँ छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
नेपालको No.1 SUV
BYD Atto 3 नेपालमा लोकप्रियता हासिल गरेको ब्राण्ड हो। Atto 3 लाई ‘नेपालको नम्बर १ SUV’ मात्र होइन नेपालको EV रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको मोडल समेत भन्न सकिन्छ।
न्यु जेनेरेसन एट्टो सिरिज सार्वजनिक गरेको बीवाईडीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विशेष सुविधा ल्याएको छ। १ वर्षको निःशुल्क इन्फोटेनमेन्ट सहित बीवाईडी एप कनेक्टिभिटी, विशेष नगद छुट, १० वर्षको एक्सटेन्डेड वारेन्टी, १ वर्षको निःशुल्क बीमा (अटो प्लस), १ वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज जस्ता सेवाहरु उपलब्ध हुनेछन।
नाइमा मोबिलिटी एक्स्पो २०२६ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। मेलामा बीवाईडीको हल ‘ए’ अन्तर्गत स्टल ए५ मा न्यु जेनेरेसन एट्टो सिरिजको नजिकबाट अवलोकन गर्न सकिनेछ। प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा कनेक्टिभिटीमा गरिएको सुधारसँगै नयाँ एट्टो सिरिजले नेपाली विद्युतीय सवारी बजारमा बीवाईडीको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्