शनिवार, ५ बैशाख २०८३
नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री रहेका छन् । चीन भ्रमणमा रहेका कोइरालाले चार मन्त्रीलाई राजीनामा दिन टेलिफोनमार्फत निर्देशन दिएका छन् । अहिले मन्त्रीहरूले राजीनामाको तयारी गरिरहेका छन् । कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन् ।