शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । जेनजी आन्दोलनका कारण भौतिक रूपमा ठूलो क्षति व्यहोरेका चौधरी समूह (सीजी) ग्रुपले आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।
सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । यो आफूहरूको बाचामात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनको भनाइ छ ।
यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि सीजीले अनुरोध गरेको छ ।