शुक्रबार, ४ बैशाख २०८३
हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । हमासले रिहा गर्न लागेको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम समाबेश छैन । सार्वजनिक गरिएका सूचीमा म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो रहेको बीबीसीले जनाएको छ । हमासले दुई वर्षअघि कब्जामा लिएका बन्धकहरू सोमबार रिहा हुने भएका छन्। नेपालका विपिन जोशीको नाम भने सूचीमा समावेश छैन । उनको अवस्था अझै अज्ञात रहेको छ ।