शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

थाइल्यान्ड–कम्बोडिया सीमामा झडप : नौ जना थाई सैनिकको मृत्यु

कम्बोडियासँग चलिरहेको सीमा झडपमा  नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताउनु भएको छ । उहाँका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरुले हाल  शरणार्थी शिविरहरूमा शरण लिएका छन् । 

पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा  तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउदै अहिलेसम्म ८४९ वटा शरणार्थीहरु शिविरहरू स्थापना गरिएको बताउनु भएको छ । यसैबीच झडपमा  लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको  छ ।

थाइल्यान्ड सेनाका क्षत्रिय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गर्दै झडप अझै जारी रहेको बताउनु भएको छ ।