शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रचण्डलक्षित जनार्दनको टिप्पणी : शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन उनले भने ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्त्य कथा भइसकेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेषनागले काँध फेर्दैमा पृथ्वी नहल्लिने बताए । शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन उनले भने । शर्माले देशको अर्थतन्त्रबारे लगातार बहस गर्न जरुरी रहेको समेत बताएका छन् ।