शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

हामीले आफ्नो संस्कृति भुल्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, १७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ ।
नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राख्नुभएको हो । 

सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली  प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने कार्यक्रममा सहभागिताको निम्तो दिन बालुवाटार आएको हो । उक्त टोलीसँग कुराकानी गर्दैै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अब राजनीति होस् या सांस्कृतिक फाँट, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।”उक्त टोलीमा सङ्घका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ता पनि सहभागी थिए ।