शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

निर्वाचनलाई मितव्ययी बनाउनुपर्छ : अर्थमन्त्री

काठमाडौँ, ४ माघः अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिनुभएको छ ।  निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । यद्यपि उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पनन गर्न  आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गर्नुभयो । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरुलाई अवगत गराइने  बताउनुभयो । त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र  जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे गराउनुभएको थियो ।