शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

वीरगञ्जमा हैजा : ६४ जना बिरामी उपचाररत

वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् । 

उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना  झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिनुभयो । छ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । 

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।