शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

"मल, बीउ र सिँचाइको व्यवस्था गर्नुपर्यो"

सांसदहरू पूजा चौधरी, रेनु चन्द र विष्णुकुमारी सापकोटाले खडेरीले समयमा रोपाइँ गर्न नपाएका किसानलाई मल र बीउका निम्ति भौँतारिनु नपर्ने व्यवस्था सरकारबाट हुनुपर्ने बताउनुभयो । 

राष्ट्रियसभामा सासंदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ । आजको बैठकको शून्य समयमा उहाँहरूले मलखाद र बीउबिजनका अभावमा किसान पिरोलिनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । 

सांसदहरू पूजा चौधरी, रेनु चन्द र विष्णुकुमारी सापकोटाले खडेरीले समयमा रोपाइँ गर्न नपाएका किसानलाई मल र बीउका निम्ति भौँतारिनु नपर्ने व्यवस्था सरकारबाट हुनुपर्ने बताउनुभयो । 

युवा वर्गलाई स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उहाँहरूले कृषि क्षेत्र रोजगारी प्रमुख स्रोत भएकाले आधुनिक कृषि प्रणाली र व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो ।