शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

चांगान के र को हो ?

युरोपेली बजारमा प्रायः हरेक महिना नयाँ चिनियाँ कार निर्माता कम्पनी आउने हुनाले बेलायतका धेरै कार खरिदकर्ताले चांगानबारे सुनेको नहुन पनि सक्छ। धेरैले यसलाई “अर्को एउटा चिनियाँ ब्रान्ड मात्रै त हो” भनेर पन्छाउन पनि सक्छन्। तर चांगान र यसको पहिलो Deepal S07 मोडेलको लन्च त्योभन्दा धेरै महत्त्वपूर्ण छ। यो चीनको सबैभन्दा पुरानो र ठूलो अटोमोबाइल निर्माता कम्पनीमध्ये एक हो र युरोप, विशेषगरी बेलायतमा लामो समयदेखि उपस्थिति रहेको ब्रान्ड हो तर कार बिक्री भने यस अघि गरिएको थिएन।

चांगान युरोपमा करिब चौथाइ शताब्दीअघि नै आएको थियो, जतिबेला यसले इटलीको ट्युरिनमा डिजाइन स्टुडियो खोलेको थियो। इटाली विश्वकै उत्कृष्ट कार डिजाइनको स्पिरिचुअल होमका रूपमा परिचित भएकाले यसलाई रोजिएको थियो। बेलायतमा पनि अटोमोबाइल प्रविधिमा उत्कृष्ट रहेको कारण बर्मिङहममा सन् २०१६ मा अनुसन्धान तथा विकास (R&D) केन्द्र स्थापना गरिएको थियो। यी दुवै केन्द्रले Deepal S07 र त्यसका पछिल्ला मोडेलहरूको विकासमा ठूलो योगदान र जिम्मेवारी लिएका छन्। यस कारण चांगानले आफ्ना उत्पादनहरू प्रायः अन्य चिनियाँ ब्रान्डको तुलनामा बढी युरोपेली स्वाद अनुसार तयार भएका छन् भनेर दाबी गर्न सक्छ।

त्यसोभए चांगान को र के हो त?
चांगान आफूलाई चीनको सबैभन्दा पुरानो यात्रुवाहक कार निर्माता भनेर चिनाउँछ। यसले सन् १९८४ देखि कार उत्पादन सुरु गरेको हो। तर कम्पनीको इतिहास अझ पुरानो छ। यसले सन् १८६२ मा शाङ्घाइमा “फरेन गन ब्युरो” नामक सैनिक आपूर्ति सुविधा स्थापना गरेर आफ्नो यात्रा सुरु गरेको थियो। त्यसपछि लगत्तै नाम परिवर्तन गरेर सुझोउ आर्सेनल भएको र नान्जिङ सरेको यो कम्पनी १,७०० भन्दा बढी कर्मचारीका साथ छिट्टै नै चीनको प्रमुख सैन्य निर्माता बनेको थियो। सन् १९३७ मा भएको दोस्रो सिनो–जापान युद्धका समयमा नान्जिङमा संकट आउँदा सम्पूर्ण सञ्चालन चोङ्किङमा सारियो, जुन शहर आज ३६ मिलियन जनसंख्यासहित लगभग अस्ट्रियाकै आकारको विश्वकै ठूलो शहरमध्ये एक हो र यहाँ चांगानको मुख्य केन्द्र रहँदै आएको छ।

सन् १९५० दशकको मध्यतिर, कम्पनीको गतिविधि रक्षा क्षेत्रमा मात्र नभई अन्य उद्योगमा पनि फैलियो। सन १९५९ मा चोङ्किङ चांगान आर्सेनलले Changjiang Type 46 उत्पादन गर्यो, जसलाई चीनको पहिलो उत्पादित गाडी मानिन्छ। तर वास्तविक परिवर्तन भने सन् १९८४ मा भयो, जब चांगानले सुजुकीसँग प्राविधिक समझदारी गर्यो। यसपछि पहिलो चांगान गाडीहरू, SC112 MPV र SC110 ट्रक, बजारमा आए। त्यसपछि कम्पनीले सैन्य उत्पादनभन्दा बढी कार उत्पादनमा ध्यान केन्द्रित गर्‍यो। त्यसयता चांगानले तीव्र प्रगति गर्दै चीनकै ठूलो अटोमोबाइल समूहमध्ये एक बनेको छ। हाल चांगानले चांगान Deepal र Avatr ब्रान्ड अन्तर्गत कार बेच्दै आएको छ, साथै Ford, Mazda र JMC सँग संयुक्त उद्यम पनि छ।

यस क्रममा चांगान विश्वव्यापी खेलाडी बनेको छ। आजको दिनमा यस कम्पनीले आफ्ना ३९ वटा प्लान्ट र १,४५,००० भन्दा बढी कर्मचारी मार्फत् १०३ देशहरूमा निर्यात गर्दै आएको छ। विश्वव्यापी वार्षिक बिक्री ३ मिलियनभन्दा बढी छ, जसमा Deepal र Avatr ब्रान्डको हिस्सा ८५% छ। चांगानले युरोपमा अहिलेसम्म कार बेचेको थिएन तर अहिले बेलायतमा बिक्री सुरु भएको छ। यसअघि यसले जर्मनी र नेदरल्यान्डमा लन्च गरिसकेको थियो। सन् २००१ मा इटलीको ट्युरिनमा युरोपेली डिजाइन सेन्टर स्थापना भएको थियो र अहिले यहाँ ३०० भन्दा बढी डिजाइनर काम गर्दछन्। यस पश्चात् सन् २०१० मा बेलायतमा अनुसन्धान तथा विकास फ्यासिलिटी स्थापना भयो जसमा १०० भन्दा बढी इन्जिनियर छन्। युरोपेली मोडेलहरू यिनै केन्द्रमा तयार पारिएका हुन्।

हालै जर्मनीको म्युनिखमा चांगानले नयाँ Avatr ‘स्पोर्ट्स लक्जरी’ ब्रान्डका लागि दोस्रो डिजाइन स्टुडियो खोलेको छ। युरोपमा उत्पादनको योजना पनि तीव्र गतिमा अघि बढिरहेको छ, विशेष गरी चिनियाँ निर्यातमा भन्सार शुल्क लगाइएको पछिल्लो समयमा। निकट भविष्यमा युरोपेली चांगान प्लान्ट बन्ने अपेक्षा गरिएको छ। चांगानका अनुसार Deepal 07 र 05 का हार्डवेयर प्रायः बेलायतमै तयार भएका हुन् तर गाडीको स्वरूप ट्युरिनको डिजाइन सेन्टर मार्फत युरोपेली शैलीमा आएको छ। जहाँ अन्य चिनियाँ ब्रान्डहरूले आफूलाई नयाँ प्रतिस्पर्धीको रूपमा प्रस्तुत गरिरहेका छन्, त्यहाँ चांगानले भने आफ्ना ग्राहकहरूले अब करिब दुई दशकको मेहनतको परिणाम देख्न पाउने दाबी गरेको छ।