शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बुढानीलकण्ठमा सबारी दुर्घटना : २ जनाको मृत्यु, ३ जना घाइते

दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। यस्तै, करिब २८–३० वर्षका  पुरुष र  करिब ३०–३२ वर्षका अर्का पुरुष घाइते भएका छन् ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र  प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति करिब पौने २ बजे ठोक्किएको हो ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। यस्तै, करिब २८–३० वर्षका  पुरुष र  करिब ३०–३२ वर्षका अर्का पुरुष घाइते भएका छन् । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।