बिहिबार, २४ ब‌ैशाख २०८३

images

बिहिबार, २४ ब‌ैशाख २०८३

बिहिबार, २४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, २४ वैशाखः हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपात साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

  
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली  भू–भागका  एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।