शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मृतावस्थामा ३ जना फेला

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौ महानगरपालिका-२० काष्ठमण्डपस्थित मन्दिरको पेटीमा अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् भने  काभ्रेको मण्डनदेउपुर नगरपालिका-३ बयलबोट बस्ने ४२ वर्षीय नवराज घर्ती पनि सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँको आबुँखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ३५ बर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।