मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २८ मङ्सिरः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेड (प्रमोटर) को रु २६ करोड १८ लाख ५५ हजार ९३० बराबरको २४ लाख ९३ हजार ८६६ कित्ता शेयर किनबेच भएको छ ।