मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सीमित स्रोत, ठूलो दायित्व : आगामी बजेट सबैका लागि कठोर परीक्षा

काठमाडौँ, वैशाख ८ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई तीव्र बनाउँदै अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयसँग समन्वयात्मक छलफल सुरु गरेको छ। सोमबार आयोजित बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित मन्त्री र सचिवहरूको सहभागिता रहेको थियो। छलफलमा बजेटको तयारी अवस्था, प्राथमिकता र वित्तीय अनुशासनका विषयमा केन्द्रित भएर विचार आदानप्रदान गरिएको थियो। समापनमा अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तीय अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै आगामी बजेट “सबैका लागि सामूहिक परीक्षण” हुने बताउनुभयो। 

करिब १,३३० अर्ब दायित्व र १,१८० अर्ब राजस्वबीच जनअपेक्षा सम्बोधन गर्नु कठिन रहेको उहाँको भनाइ थियो। उहाँले सुशासन, आर्थिक स्थायित्व, निजी लगानी, प्रविधि विस्तार, हरित अर्थतन्त्र, पूर्वाधार विकास र विपन्न वर्गको उत्थानलाई बजेटका मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो। यसैबीच, सचिव डा. घनश्याम उपाध्याय ले रकमान्तर प्रक्रिया सहज बनाइएको जानकारी दिनुभयो भने सहसचिव डा. सुमन दाहाल ले बजेट तयारीको प्रगति प्रस्तुत गर्नुभयो। छलफलमा डा. गुणाकर भट्ट र सुदीप ढकाल लगायतको पनि सहभागिता थियो।सरकारले सीमित स्रोतबीच प्रभावकारी बजेट निर्माणका लागि समन्वयलाई प्राथमिकता दिएको देखिएको छ।