शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सदनमा भागबन्डा र संवैधानिक परिषदमा बहुमत जुटाउन फेरि उपसभामुख हटाउने खेल

कांग्रेसमा डा. कोइराला पक्षले उपसभामुख हटाउन हस्ताक्षर त गरेनन्, बरु उपसभाखुख रानालाई सद्भाव जनाएपछि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एक कदम पछाडि हट्न बाध्य भएका छन् । मंगलबारको प्रयास असफल भएपछि उनीहरूले अमेरिका भ्रमणमा रहेकी उपसभामुख राना फर्केपछि अर्को कोसिस गर्ने तयारी थालेका छन् ।

मंगलबार दिनभर सादा कागजमा आफ्ना सांसदको हस्ताक्षर संकलन जारी राखे पनि दुईतिहाइ जुटाउन नसकेपछि प्रस्ताव दर्ता गर्नबाट रोकिए कांग्रेस–एमाले सदनमा भागबन्डा र संवैधानिक परिषद्मा बहुमत जुटाउन सत्तारूढ कांग्रेस–एमालेले एक वर्षपछि फेरि उपसभामुख इन्दिरा रानालाई हटाउने खेल सुरु गरेका छन् । मंगलबार आ–आफ्ना सांसदलाई सादा कागजमा हस्ताक्षर गराएर रानाविरुद्ध ‘पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गराउने उनीहरूको तयारी थियो । तर, दुईतिहाइ मत जुटाउन नसकेपछि रोकिएका छन् । कांग्रेस इतरसमूहका नेता डा. शेखर कोइरालाले साथ नदिएपछि साझा कागजमा हस्ताक्षर जुटाएर प्रस्ताव अगाडि बढाउने कांग्रेस–एमालेको योजना असफल भएको हो । नेता कोइराला सरकारका कामकारबाहीप्रति असन्तुष्ट छन् ।

कांग्रेसमा डा. कोइराला पक्षले उपसभामुख हटाउन हस्ताक्षर त गरेनन्, बरु उपसभाखुख रानालाई सद्भाव जनाएपछि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एक कदम पछाडि हट्न बाध्य भएका छन् । मंगलबारको प्रयास असफल भएपछि उनीहरूले अमेरिका भ्रमणमा रहेकी उपसभामुख राना फर्केपछि अर्को कोसिस गर्ने तयारी थालेका छन् । स्रोतका अनुसार मंगलबार दुवै पार्टीले एकचौथाइभन्दा बढी सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् । सोमबार राति प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा कांग्रेस–एमालेका शीर्ष नेताहरूको बैठकमा मंगलबार आ–आफ्ना पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरी उपसभामुख रानाविरुद्ध ‘पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गराउने सहमति बनेको थियो ।

सोही सहमतिअनुसार मंगलबार कांग्रेस र एमालेले संसदीय दलमा आ–आफ्ना सांसद बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका थिए । तर, कांग्रेस नेता डा. कोइराला उपसभामुख रानालाई महाभियोग लगाउने प्रस्तावको विपक्षमा उभिए । हस्ताक्षर प्रयोजनका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा अनौपचारिक छलफल भन्दै खबर आए पनि कोइराला त्यहाँ उपस्थित नै भएनन् । निकटसांसदहरूलाई पनि आफूलाई कुनै जानकारी नभएको बताए र सबै कुरा बुझेर मात्र निर्णय लिनुपर्ने सुनाए । त्यसपछि कोइरालानिकट दिलेन्द्र बडूबाहेकले कोही सांसदले पनि हस्ताक्षर गरेनन् । त्यस्तै, महामन्त्री गगन थापानिकट कुसुमदेवी थापा र सपना भण्डारीबाहेकले पनि हस्ताक्षर गरेनन् ।

स्वकीयसचिव दिनेश थपलियाका अनुसार एजेन्डाविनै बैठक बोलाइएको सूचना आएको र पारिवारिक व्यस्तताले कोइराला जान नपाएको बताए । उनले घटनाक्रम सुनाए, ‘मंगलबार बिहान केही माननीयहरूले उहाँ (कोइराला)लाई फोन गरेर संसदीय दलमा हस्ताक्षरका लागि बोलाइएको जानकारी गराउनुभयो । जवाफमा उहाँले आफूलाई केही पनि जानकारी नभएको र सबै कुरा बुझेर मात्र हस्ताक्षर गर्न भन्नुभएको हो । पछि दलबाटै एकजना कर्मचारीले बिहान १० देखि १२ बजेभित्र संसदीय दलमा अनौपचारिक छलफलका लागि डाक्टर सापलाई पठाइदिनुपर्‍यो भन्दै फोन गर्नुभयो । उहाँले कुनै एजेन्डा त होला नि भन्दै जिज्ञासा राखेपछि प्रमुख सचेतकबाटै जानकारी हुने जवाफ आयो । त्यसपछि पारिवारिक व्यस्तताले उहाँ जानुभएन ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।