शनिवार, २ साउन २०८३
नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नुवाकोटमा आफ्नो चुनावी तयारी तीव्र बनाएको छ। सोही क्रममा पार्टीले नुवाकोटबाट राजन गौतमलाई आगामी निर्वाचनका लागि उम्मेदवारका रूपमा औपचारिक रूपमा सिफारिस गरेको छ। पार्टीको बैठकले गौतमलाई जनताको आवाज संसदमा सशक्त रूपमा उठाउन सक्ने सक्षम, इमानदार र जनमुखी नेतृत्वका रूपमा मूल्याङ्कन गर्दै उम्मेदवार सिफारिस गरेको हो। लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय गौतम स्थानीय समस्यासँग नजिकबाट परिचित रहेर काम गरिरहेका नेता हुन् ।
प्रलोपाले मुलुकमा सुशासन, सामाजिक न्याय, रोजगारी सिर्जना र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिने तयारी गरेको छ। नुवाकोटमा संगठन विस्तारसँगै जनसम्पर्क अभियानलाई समेत तीव्र बनाइएको पार्टी जानकारी दिएको छ। उम्मेदवार सिफारिससँगै नुवाकोटको राजनीतिक माहोल तातिएको छ भने प्रलोपाले आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने संकेत देखिएको छ। नुवाकोटको क्षेत्र न.१ बाट राजन गौतम र रजमान तामाङ उम्मेदवार सिफारिस भएका छन् भने २ बाट गोकर्ण अधिकारी, डा भिमलाल तामाङ र रामकृष्ण बानिया सिफारिस भएका छन् ।