शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

अञ्जन श्रेष्ठको खुला प्यानल प्रचारप्रति ढकाल समूहको कडा आपत्ति

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को चैत २९–३० मा हुने निर्वाचन नजिकिँदै गर्दा चुनावी गतिविधि तीव्र बनेको छ। भावी अध्यक्ष अञ्जन श्रेष्ठले खुलेआम प्यानल बनाएर मत माग्दै हिँडेको भन्दै प्रतिस्पर्धी हेमराज ढकाल समूहले असन्तुष्टि जनाएको छ। नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ वार्षिक साधारणसभामा बोल्दै ढकाल समूहका वरिष्ठ उपाध्यक्ष उम्मेदवार ढकाल र वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले यस्तो शैलीप्रति आपत्ति जनाएका हुन्।

उनीहरूले भावी अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले सम्पूर्ण महासंघलाई समेट्ने साझा नेतृत्व प्रस्तुत गर्नुपर्नेमा प्यानल बनाएर खुलेआम चुनावी अभियान चलाउनु उचित नभएको बताएका छन्। यस्तो गतिविधि निर्वाचन आचारसंहिताको मर्मविपरीत देखिएको उनीहरूको भनाइ छ। ढकाल समूहले महासंघको नेतृत्व प्रतिस्पर्धाभन्दा पनि एकता र साझा विश्वासमा आधारित हुनुपर्ने उल्लेख गर्दै अञ्जन श्रेष्ठलाई आफ्नो शैली पुनर्विचार गर्न आग्रह गरेको छ।