शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आईडीएफले दियो विपिन जोशी जीवित नरहेको जानकारी

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलामा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको जानकारी दिएका छन् । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । इजरायली प्रधानमन्त्रीको कार्यालयले दूतावासलाई जोशीको निधनबारे जानकारी गराएपछि परिवारलाई खबर गरिएको छ । 

जोशी विद्यार्थी भिसामा इजरायल गएका बेला  किबुत्ज अलुमिममा  थिए जहाँ हमासले आक्रमण गरेको थियो। आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्। उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको थियो । राजदूत पण्डितले शव कहिले प्राप्त गर्ने भन्ने विषय स्पष्ट नभएको बताएका छन्  ।